नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ घटेको हो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला ३ हजार ६०० रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार ३ हजार ५२० रुपैयाँ कायम भएको छ। यसअनुसार चाँदी तोलामा ८० रुपैयाँ सस्तो भएको हो।
प्रकाशित: ३० कार्तिक २०८३ १०:३५ सोमबार



