बजार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। सुन तोलामा  एक हजार २०० र चाँदी १० ले घटेको हो। 

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल दुई लाख ९७ हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी चार हजार ९८० कायम भएको छ। 

हिजो मङ्गलबार एक तोला सुनको मोल  दुई लाख ९८ हजार ५०० र चाँदी  चार हजार ९९० मा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३४९ र त्यति नै परिमाणको सेतो धातुको ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ।   

प्रकाशित: ३ असार २०८३ १०:५५ बुधबार