अपराध

दाङमा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

दाङमा १६ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक २३ वर्षीय युवक पक्राउ परेका छन्। पीडित पक्षको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१८ नवलपुर बस्ने २३ वर्षीय सन्तोष वली रहेको प्रहरीले जनाएको छ।

वलीले ती बालिकालाई जबरजस्ती करणी गरेको भनी पीडित पक्षबाट जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी परेपछि खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका वलीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

प्रकाशित: १७ श्रावण २०८२ २१:४३ शनिबार