भन्सार छली भारततर्फ लैजाने उद्देश्यले लुकाई छिपाई राखेको खरबुजाको बिउ प्रहरीले बरामद गरेको छ।
बढैयाताल गाउँपालिका–२ स्थित फुटाहा स्थित सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले छापा मारेर शुक्रबार खरबुजाको बिउ बरामद गरेको हो।
भन्सार छली नेपालबाट भारततर्फ लैजाने उद्देश्य लुकाई छिपाई राखेको अवस्थामा छापा मारेर २८ बोरा खरबुजाको बिउ बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक निदेश कुमार महतले बताए।
सशस्त्र प्रहरी उपरीक्षक महतका अनुसार बरामद खरबुजाको बिउ मूल्य रु ५ लाख ६० हजार बराबरको छ।
थुपारी राखेको खरबुजाको बिउ बरामद गरी थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी उपरीक्षक महतले जानकारी दिए।
प्रकाशित: ८ श्रावण २०८३ १७:३४ शुक्रबार

-600x400.jpg)

