अपराध

गाउँपालिकाको कार्यालयमा आगजनी गर्ने कर्मचारीसहित दुई जना पक्राउ

हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको छ।

भदौ ७ गते राति करिब १ बजे ताँजाकोट गाउँपालिका–३ टाकुरेस्थित गाउँपालिकाको कार्यालयमा आगलागी भएको थियो। 

अनुसन्धानका क्रममा घटनामा संलग्न रहेका ताँजाकोट गाउँपालिका–४ गल्लाबाडा बस्ने करिब ४७ वर्षीय कृष्णचन्द्र जैसी र सोही गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत ४५ वर्षीय धनराज ढकाल संलग्न रहेको पाइएपछि उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ भाद्र २०८३ १४:११ मंगलबार