अमेरिकाबाट कुरियरमार्फत पठाइएको गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको गुजरातस्थित अहमदाबादका २३ वर्षीय भवर्सिङ र ३३ वर्षीय वन्दित पटेल रहेका छन्।
लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा डकुमेन्टको आवरणमा ल्याइएको १ किलो ३३८ ग्राम गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो।
यस्तै, प्रहरीले उनीहरूको साथबाट दुई थान मोबाइलसमेत बरामद गरेको छ।
घटनामा संलग्न दुवै जनामाथि थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।
प्रकाशित: ११ कार्तिक २०८३ १३:२१ बुधबार