अपराध

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

पटेर्वासुगौली गाउँपालिका-४ भथौरास्थित ७० वर्षीय दुखी महतोलाई निजको घरबाट १८ किलो ४०० ग्राम गाँजासहित पक्राउ गरिएको छ भने वीरगञ्ज महानगरपालिका-२१ परवानीपुरबाट एक भारतीय नागरिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार नियमित गस्तीमा रहेको प्रहरी टोलीले उनीहरूलाई बिहीबार पक्राउ गरेको हो। अभियुक्तद्वयलाई प्रहरी हिरासतमा राखिएको छ।  

प्रकाशित: २६ भाद्र २०८३ ०६:४९ शुक्रबार