अपराध

गाँजा र ट्याब्लेटसहित दुई जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुली र उदयपुरबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।  

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिन्धुलीको दुधौली नगरपालिका-१० सिर्जनानगरबाट छ किलोग्राम गाँजासहित उदयपुरको कटारी नगरपालिका-८ आहालेका ३७ वर्षीय टेकबहादुर मगरलाई पक्राउ गरिएको हो।  

यसैगरी, सुनसरीको हरिनगरा गाउँपालिका-२ भुटाहा बजारबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल पाँच हजार ट्याब्लेटसहित सोही गाउँपालिका-६ का २१ वर्षीय अबजल अन्सारीलाई पक्राउ गरिएको छ।  

उनीहरुलाई बिहीबार नियन्त्रणमा लिएर कानुनी कारबाही प्रारम्भ गरिएको छ।

प्रकाशित: २७ चैत्र २०८२ ०९:३१ शुक्रबार