अपराध

३० किलो गाँजासहित दुई जना पक्राउ

मोरङको बेलबारीमा मोटरसाइकलमा गाँजा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

बेलबारी नगरपालिका–६ सोमबारेस्थित सडकखण्डमा उनीहरूको साथबाट ३० किलो ९९० ग्राम गाँजा र ६३ हजार ५०५ रुपैयाँ नेपाली नगद बरामद भएको मोरङ प्रहरीका सूचना अधिकारी डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

उनका अनुसार सोमबारेस्थित सडकखण्डमा बुधबार बिहान ४ बजेतिर अस्थायी प्रहरी चौकी सोमबारेले शंका लागी प्रदेश १–०२–०४० प ९१९१ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा ३० किलो ९९० ग्राम गाँजा र ६३ हजार ५०५ रुपैयाँ फेला पारेको हो।

पक्राउ पर्नेहरूमा मोटरसाइकल चालक धनकुटाको चौबिसे गाउँपालिका–७ का ३५ वर्षीय आइतबहादुर राई र पछाडि सवार सन्देश परियार रहेका छन्।

प्रहरीले गाँजासहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलबारीमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: ११ कार्तिक २०८३ १७:२८ बुधबार