अपराध

भारतबाट खैरो हेरोइन ल्याई नेपालमा बेच्ने गरेका दुई भारतीयसहित तीन जना पक्राउ

१५५ ग्राम बढी लागूऔषध बरामद<br>

प्रहरीले रुपन्देहीबाट १५५ ग्राम ७४० मिलिग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।

भारतबाट खैरो हेरोइन खरिद गरी ल्याएर लुम्बिनी प्रदेशका विभिन्न सहरी क्षेत्रमा बिक्री वितरण गर्ने दुई भारतीयसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कपिलवस्तुको मायादेवी गाउँपालिका–६ निवासी २९ वर्षीय सफिक मुसलमान, भारतको उत्तर प्रदेशस्थित गोरखपुर निवासी ३५ वर्षीय मनिष सिंह र ३४ वर्षीय तबरेज मुसलमान रहेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ बाट खैरो हेरोइनसहित पक्राउ गरिएको ब्यूरोले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट १५५ ग्राम ७४० मिलिग्राम खैरो हेरोइन, एउटा मोटरसाइकल, एउटा स्कुटर र नौ थान मोबाइल फोन बरामद गरेको छ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइएको ब्यूरोले जनाएको छ।

प्रकाशित: ८ मंसिर २०८३ ०९:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App