अपराध

जेन-जी आन्दोलनमा तोडफोड गर्ने थप तीन जना पक्राउ

भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको क्रममा भएको प्रहरीका चौकीहरु तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ ।  

सूर्यविनायक नगरपालिका-८ जगातीस्थित रहेको प्रहरी वृत्त जगाती र जिल्लाकै चाँगुनारायण नगरपालिका-७ मा रहेको प्रहरी प्रभाग खरिपाटी तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । 
उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ । पक्राउ पर्नेहरुमा भक्तपुर सूर्यविनायक नगरपालिका- ९ पलासे बस्ने वर्ष २८ को सुदिप घिमिरे, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-३ घर हुने २६ वर्षीय छेकु लामा र भक्तपुरकै चाँगुनारायण नगरपालिका-६ खरीपाटी बस्ने ४६ वर्षीय सुरेश बास्तोला रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: २४ कार्तिक २०८२ २०:१४ सोमबार