देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले थप तीन महिलालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा स्याङ्जाको कफुचोट गाउँपालिका–४ की २२ वर्षीया पूजा ठकुरी, दाङको गढवा गाउँपालिका–७ की २३ वर्षीया सपना चौधरी र गुल्मीको सत्यवती गाउँपालिका–६ की २४ वर्षीया विपना मगर रहेका छन्।
प्रहरीले उनीहरूलाई सिद्धार्थनगर नगरपालिका–७ कञ्चनबजारबाट नियन्त्रणमा लिएको जनाएको छ।
देउसी–भैलो कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति तथा सामाजिक नैतिकताविपरीत अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूमाथि सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट थप अनुसन्धान भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।
प्रकाशित: २६ कार्तिक २०८३ १७:१९ बिहीबार



