अपराध

जेन-जी प्रदर्शनको माैकाछोपी सुनचाँदी लुट्ने तीन जना रातोपुलबाट पक्राउ

प्रहरीले सुनचाँदीका गरगहनासहित काठमाडौंको रातोपुलबाट तीन जनालाई पक्राउ गरेको छ।

गत भदौ २४ गते जेन-जीद्वारा गरिएको प्रदर्शनका क्रममा रातोपुलको एक घरबाट सुनचाँदीको गहना र धनमाल चोरीको घटनाको अनुसन्धानका क्रममा सोही क्षेत्रमा शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

खोटाङका २७ वर्षीय सुजन राई, सिन्धुपाल्चोकका १९ वर्षीय नयुन श्रेष्ठ र मकवानपुरका १८ वर्षीय अगम प्रजालाई सुनचाँदीका गरगहना, नगद १३ हजार र लत्ताकपडासहित पक्राउ गरिएको परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए।

उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धन जारी रहेको उनले बताए।

प्रकाशित: ४ आश्विन २०८२ २०:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App