अपराध

पर्सामा गोली चल्यो, स्थानीय गोलु आलम घाइते

घाइते आलमको उपचार हुँदै

पर्सा पर्साको छिपराहामाई गाउँपालिकाको भिसवा बजारमा एक युवामाथि गोली प्रहार भएको छ ।  

बिहीबार राति ८ बजेको गोली लागेका स्थानीय गोलु आलम घाइते भएका छन् ।  

दुई समूहबीचको विवाद बढ्दै गएपछि गोली चलेको प्रहरीले जनाएको छ । पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठकले  गोली प्रहार गर्ने समूहका दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताए ।  

गोली लागेका आलमको उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।  

 

प्रकाशित: ९ आश्विन २०८२ २२:३० बिहीबार