अपराध

सेयर कारोबारी दीपेन्द्र अग्रवाल तीन दिन हिरासतमा रहने

२२ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई थुनमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । 

सोमबार बिहान टोखाबाट पक्राउ परेका उनलाई प्रहरीले लगत्तै अदालतमा उपस्थित गराएको थियो । अदालतले अग्रवाललाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं प्रहरीलाई अनुमति दिएको हो ।  

प्रहरीले उनीविरुद्ध ठगी र आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान गरिरहेको छ ।  

जनकपुरका दिनेशप्रसाद शाहले आफूसँग ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको भन्दै जाहेरी दिएपछि प्रहरीले अग्रवालको खोजी थालेको थियो । 

प्रकाशित: ५ श्रावण २०८२ १९:०० सोमबार

#NagarikNews #NepaliNews #Aaparadh