अपराध

ललितपुरबाट ५६ हजार नगदसहित ७ जुवाडे पक्राउ

ललितपुरको गोदावरी नगरपालिका–१, दमाईटारबाट जुवातास खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार दिउँसो स्थानीय विदुर खड्काको घरमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सोही ठाउँका ३५ वर्षीय सरोज महर्जनसहित सात जना रहेका छन्। प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको टोलीले जुवाखालबाट ५६ हजार १२५ रूपैयाँ नगद र ३ बुक तास बरामद गरेको छ।

यस घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १७ चैत्र २०८२ १६:०८ मंगलबार