कालीगण्डकी नदीको अवैध उत्खनन गर्ने सात व्यक्ति र उनीहरुले प्रयोग गरेका सात वटा ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइएको छ।
बिनाअनुमति अवैध रुपमा नदीजन्य प्राकृतिक स्रोत बालुवा उत्खनन गरी ओसारपोसार गरेको आरोपमा ग१त ७६५३, ग१त ७५९७, ग१त ६६५३, ध१त ११४, ग१त ६०८८ र ग१त ६९५४ नम्बरको ट्याक्टरलाई बालुवासहित जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रणमा लिएको हो।
उनीहरु जोमसोम–कोरला सडकखण्डअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित एक्लेभट्टी नजिकको कालीगण्डकी नदी बगरमा अवैध रुपमा बालुवा उत्खनन गरी ओसारपोसार गर्दै थिए।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले वर्षायामको समयमा कालीगण्डकी नदीमा नदीजन्य पदार्थको उत्खननले विपद्को जोखिम निम्तिन सक्ने जानकारी दिए।
प्रकाशित: २६ श्रावण २०८३ १३:२७ मंगलबार