जेनजी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनमा लुटपाट गर्ने एकजना पक्राउ परेका छन्।
प्रहरी वृत्त बौद्धको टोलीले अछामको मल्लेक गाउँपालिका घर भई हाल कपन बस्ने २२ वर्षीय अमृत साउदलाई पक्राउ गरेको हो । उनी भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनको भवन लुटपाट गर्ने कार्यमा संलग्न रहेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जेनजी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनको भवन लुटपाट गरेको अभियोगमा साउदलाई पक्राउ गरिएको बताए ।
पक्राउ परेका साउदसँग प्रहरीले लुटपाट गरेको एक थान कम्प्युटर, सिपियु एक थान, प्रिन्टर मेसिन एक थान, जुत्ता एक जोर तथा तरबार एक थान बरामद गरेको प्रहरी वरिष्ठ उपरीक्षक थापाले जानकारी दिए ।
प्रकाशित: २३ कार्तिक २०८२ १९:०५ आइतबार