अपराध

नख्खु जेलबाट भागेका सञ्जय टक्ला काभ्रेमा पक्राउ

जेन–जी प्रदर्शनका क्रममा नक्खु जेलबाट फरार भएका सञ्जय साह टक्ला काभ्रेमा पक्राउ परेका छन्।

प्रहरीका अनुसार मंगलटार क्षेत्रीय प्रहरी चौकीको टोलीले उनलाई पक्राउ गरेको हो। साहलाई पुनः जेलमै पठाईने छ ।  

पूर्वराज्यमन्त्री समेत रहेका साहलाई जनकपुरको रमणन्द चौकमा २०६९ सालमा भएको बम विस्फोट प्रकरणका मुख्य अभियुक्तका रूपमा जन्मकैदको सजाय भोगिरहेका पात्र हुन् । यो विस्फोटमा पाँच जनाको मृत्यु भएको थियो। साथै, रेडियो टुडे का सञ्चालक अरुण सिङानियाको हत्या प्रकरणमा समेत उनी मुख्य योजनाकार ठहरिएका थिए।

हालसम्म १२ वर्ष जेल सजाय भोगिसकेका उनले अन्य कैदीसहित जेलभित्र आगजनी गर्दै प्रदर्शनकै बेला भागेका थिए। सुरुमा सहकारी ठगी अभियोगमा थुनामा रहेका रवि लामीछानेलाई बाहिर निकालिएको र त्यसपछि साहसहित अन्य कैदीहरू भागेको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ भाद्र २०८२ १६:१४ बिहीबार