अपराध

४० हजार घुससहित प्रहरी निरीक्षक पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका-१० लालगढबाट सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षकलाई रु ४० हजार घुस रकमसहित पक्राउ गरेको छ। 

अख्तियारको बर्दिवास कार्यालयका अनुसार कमला-ढल्केवर-बाग्मती सडक निर्माण आयोजनाअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्य गरिरहेका एक ठेकेदारसँग घुस लिँदै गर्दा प्रहरी निरीक्षक वकिल अधिकारीलाई शुक्रबार पक्राउ गरेकाे हो ।  

प्रहरी निरीक्षक अधिकारीमाथि विभिन्न बहानामा निर्माणमा प्रयोग हुने सवारी साधन रोक्ने तथा काममा अनावश्यक बाधा गर्ने गरेकाे आरोप छ ।  

यही क्रममा ठेकेदारसँग रकम मागेको सूचनाका आधारमा अख्तियारको टोलीले प्रहरी निरीक्षक अधिकारीलाई घुस रकमसहित पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित: २० चैत्र २०८२ १६:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App