अपराध

कुटपिटबाट घाइते एकको मृत्यु, कुटपिट गर्ने व्यक्ति पक्राउ

कुटपिटबाट घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

गत भदौ २२ गते साँझ ७:०० बजेको समयमा जिल्ला बझाङ दुर्गाथली गाउँपालिका-५ जाफ्री बस्ने ५० वर्षीय झलक जप्रेललाई सामान्य विवादका क्रममा सोही ठाउँ बस्ने २८ वर्षीय लोकेन्द्र जप्रेलले कुटपिट गरेका थिए।

कुटपिटबाट घाइते भएका झलकको उपचारका क्रममा आज बिहान ०७:५० बजे धनगढीस्थित केयर टेकर अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

कुटपिट गर्ने लोकेन्द्र जप्रेललाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३१ भाद्र २०८३ ११:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App