काठमाडौंको कलङ्की चोकबाट प्रहरीले थ्री नट थ्री राइफलमा प्रयोग हुने एक राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले शङ्कास्पद अवस्थामा हिँडिरहेका तनहुँका ४२ वर्षीय सुरेन्द्र नेपालीलाई नियन्त्रणमा लिएको हो।
काठमाडौं महानगरपालिका–१४ कलङ्की चोकमा चेकजाँचका क्रममा तनहुँको व्यास नगरपालिका–११ दमौली स्थायी घर भएका नेपालीको साथबाट सो गोली बरामद भएको प्रहरीले जनाएको छ।
उनीविरुद्ध हातहतियार तथा खरखजाना ऐनअन्तर्गत काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
प्रकाशित: २२ कार्तिक २०८३ १९:०६ आइतबार



