अपराध

अखाद्य पदार्थ मिसाएर बनाइएको १५ बाल्टिन महसहित एक जना पक्राउ

अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका–२ घर भई काठमाडौंको टोखामा बस्दै आएका ४४ वर्षीय लक्ष्मण गुरुङ रहेका छन्।

काठमाडौंको टोखा नगरपालिका–१ भण्डारे क्षेत्रमा अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री वितरण भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो।

सो क्रममा अखाद्य पदार्थ मिसावट गरिएको भनिएको १५ बाल्टिन अर्थात् ३८४ किलो मह बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद महसहित पक्राउ परेका गुरुङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ मंसिर २०८३ ११:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App