१७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शिवसताक्षी नगरपालिका-४ बिश्वडुब्बाका २५ वर्षीय बनेश्वर सोरेनलाई पक्राउ गरेको छ।
सोरेनले ती बालिकालाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको प्रहरी टोलीले उनलाई मंसिर २ गते बुधबार बिहान पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: २ मंसिर २०८३ १९:१७ बुधबार