अपराध

नेपाल विद्युत प्राधिकरणका प्रमुख इन्जिनियर एक लाख ४० हजार घुससहित पक्राउ

सप्तरीस्थित नेपाल विद्युत प्राधिकरण कञ्चनपुर, वितरण केन्द्र, सप्तरीका प्रमुख (इन्जिनियर) घुस लिएको आरोपमा पक्राउ परेका छन्।

प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई सेवाग्राहीसँग एक लाख ४० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो।

चार्जिङ्ग स्टेशनको लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई हनुमाननगर कंकालिनीबाट पक्राउ गरेको हो।

उनीमाथि थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: २४ चैत्र २०८२ १२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App