अपराध

सिलौटाले हानेर श्रीमतीको हत्या

सिलौटाले हानेर भक्तपुरमा श्रीमतीको हत्या भएको छ । घरायसी विवादको क्रममा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-३ मा डेरा गरी बस्ने काभ्रे तेमाल गाउँपालिका-९ घर भएका ३७ वर्षीय लनाम तामाङ छन् । तामाङले  श्रीमती ३८ वर्षीया लालमाया तामाङको हत्या गरेको प्रहरीले जनाएको छ ।  

लनामले वादविवादको क्रममा सिलौटो प्रहार गर्दा लाल मायाको मृत्यु भएको थियो । प्रहरीले तामाङलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित: १ माघ २०८२ १६:१९ बिहीबार