अपराध

बोक्सीको आरोप लगाएको आमा छोरी पक्राउ

बोक्सीको आरोप लगाउँदै अगुल्टाले डामेको कसुरमा कपिलवस्तुमा आमा छोरी पक्राउ परेका छन्।  

आफनै छिमेकी ५७ वर्षीया लिला कुमारी श्रेष्ठलाई बोक्सी भन्दै दुर्व्यवहार गरको आरोपमा जिल्लाको बाणगंगा नगरपालिका–१ उप्टहवा निवासी ५१ वर्षीया हुम कुमारी झेडी र उनकी २१ वर्षीया छोरी खगिसरा झेडी मगर पक्राउ परेका हुन्।  

गत मंगलावर बिहान ११ बजेतिर आमा छोरी मिलेर पीडत महिलालाई बोक्सी भन्दै शरीरको विभिन्न भागमा अगुल्टाले डामी दुर्व्यवहार गरेको प्रहरीले जनएको छ।  

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी रिपेन्द्र कुमार सिंहका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध बोक्सी आरोप सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ।  

जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक सिंहले बताए।

प्रकाशित: २८ फाल्गुन २०८२ १७:४६ बिहीबार