अपराध

झापामा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

झापाको मेचीनगरमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-१५ बस्ने ४० वर्षीय अशोक कुमार राई रहेका छन्। उनलाई शुक्रबार बेलुकी प्रहरीले नियन्त्रणमा लिएको हो।

किशोरीमाथि जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको टोलीले राईलाई पक्राउ गरेको जनाएको छ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ६ भाद्र २०८३ २०:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App