अपराध

क्यानडा लैजाने भन्दै रकम ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीका लागि क्यानडा लैजाने भन्दै रु छ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–९ घर भई हाल ललितपुर–३ बस्ने २० वर्षीय आसमान विक रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिए। उनले भने, 'वैदेशिक रोजगारीका लागि क्यानडा लैजाने भन्दै रु छ लाख रकम लिई लामो समयसम्म झुक्यानमा राखी क्यानडा नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा निजलाई पक्राउ गरिएको हो।'

निजलाई काठमाडौं महानगरपालिका–११ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आज वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए।

प्रकाशित: ५ मंसिर २०८२ ०६:४८ शुक्रबार