अपराध

न्युजिल्यान्ड पठाइदिने भन्दै १० लाख ठगी गर्ने पक्राउ

प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा सुनसरी इनरुवा नगरपालिका–१ घर भई हाल काठमाडौं कीर्तिपुर नगरपालिका–११ बस्ने ३८ वर्षीय विशाल कटुवाल रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि न्युजिल्यान्ड लैजाने भन्दै ठगी गरी सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ निजलाई पक्राउ गरिएको उनले बताए।

कीर्तिपुरबाट पक्राउ परेका कटुवाललाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता आचार्यले जानकारी दिए।

प्रकाशित: १४ पुस २०८२ ०७:२४ सोमबार