महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठका महन्त जगन्नाथ दास वैष्णव पक्राउ गरेका छन् ।
बैंकिङ कसुर मुद्दामा फरार रहेका महन्तदासलाई सोमवार महोत्तरी प्रहरीले मटिहानी नगरपालिका–७ स्थित उनको आफ्नै घरबाट पक्राउ गरेको हो ।
एक करोड ३० लाख रकम बराबरको बैंकिङ कसुर मुद्दामा उनालई पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ । नेकपा एमालेका मधेश प्रदेश सांसद दिपेन्द्र ठाकुरले उनीमाथि बैंकिङ कसुरमा जाहेरी दिएका थिए ।
महोत्तरी प्रहरीले आवश्यक कारबाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको जनाएको छ । महन्तदास यसअघि पनि किर्ते हस्ताक्षर गरी बैंकबाट ७० लाख रुपैयाँ झिकेको अभियोगमा पक्राउ परका थिए । रोक्का रहेको बैंकबाट उनले सहायक प्रमुख जिल्ला अधिकारीको किर्ते हस्ताक्षर गरी रुपैयाँ निकालेका थिए ।
प्रकाशित: २५ चैत्र २०८२ १८:५८ बुधबार