अपराध

रसुवा कारागारबाट भागे अपहरणकारी सेट्टी

अहिले कारागारबाट भाग्ने कैदीको संख्या बढ्न थालेको छ । कुख्यात अपहरणकारी रसुवा कारागारबाट भागेका छन् ।  

कुनै समयका कुख्यात अपहरणकारी उदय सेट्टी रसुवा कारागारबाट मोटरसाइकल चढेर भागेका छन् ।  

संगठित अपहरणको मुद्दामा जेल सजाय भोगिरहेका सेट्टीले नख्खु कारागारमा उदण्ड मच्चाएपछि रसुवा पुर्‍याइएको थियो । 

प्रकाशित: २५ भाद्र २०८२ १४:३५ बुधबार