अपराध

रेड नोटिसपछि कतारबाट पक्राउ परेका जनक राई नेपाल ल्याइए

जबरजस्ती करणी मुद्दामा फरार रहेका र इन्टरपोलको रेड नोटिस सूचीमा रहेका एक नेपालीलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ।

भोजपुरका ३२ वर्षीय जनक राईलाई एनसीबी दोहाको समन्वयमा कतारमा पक्राउ गरिएको थियो। उनलाई सम्बन्धित मुद्दामा कानुनी कारबाहीका लागि बुधबार नेपाल फिर्ता ल्याइएको नेपाल प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले जनाएको छ।

नेपाल प्रहरीका अनुसार उक्त मुद्दामा संलग्न भई फरार रहेका राईविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा खोजी तथा पक्राउका लागि एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयले २०८१ चैत १९ गते रेड नोटिस जारी गरेको थियो।

नेपाल ल्याइएका राईलाई थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भोजपुरमा बुझाइने प्रहरीले जनाएको छ।

प्रकाशित: १३ श्रावण २०८३ १७:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App