सुनसरीमा ३०४ ग्रामभन्दा बढी ब्राउन सुगर जस्तो देखिने लागूऔषधसहित एक भारतीय युवक पक्राउ परेका छन्।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-०६ स्थित उल्टीमोडबाट भारत बिहार राज्यको अररिया जिल्ला पतरा पञ्चायत-६ बस्ने १९ वर्षीय ईस्मत उल्हा पक्राउ परेका हुन्।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रूपमा खटिएको टोलीले उनलाई बुधबार साँझ करिब ७ः३० बजे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनको साथबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ ३०४.१९ ग्राम बरामद भएको छ। पक्राउ परेका उल्हालाई बरामद लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २८ श्रावण २०८३ ०७:४८ बिहीबार