सशस्त्र प्रहरीले पर्सामा ९ किलो प्रतिबन्धित लागूऔषध चरेससहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साबाट खटिएको टोलीले छिपहरमाई गाउँपालिका ४ बन्जारी टोलबाट ९ किलो ५ सय २२ ग्राम चरेससहित भारत बेतियाका ३१ वर्षीय गुलाम महम्दलाई पक्राउ गरेको हो।
भिष्वा–जानकीटोला सडक खण्ड हुँदै भारततर्फ जाँदै गरेको अवस्था सशस्त्र प्रहरीले गोप्य सुचनाको आधारमा गुलामलाई नियन्त्रणमा लिएर उनी चढेको बिआर २२ जे ३५५० नम्बरको मोटरसाइकल चेक जाच गर्दा फल्स बटम बनाएर ९ किलो ५२२ ग्राम चरेश बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।
चरेश १९ वटा प्लास्टिकका प्याकेटमा राखिएको अवस्थामा फेला परेको र घटनामा संलग्न भारतीय नागरिक गुलाम आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: १४ आश्विन २०८२ ११:२६ मंगलबार