पर्सा प्रहरीले १६.५७ ग्राम ब्राउन सुगरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहार, मोतीहारी पंटो घर भएका २५ वर्षीय शत्रुधन पासवान रहेका छन्।
वीरगञ्ज महानगरपालिका वडा नं.१४ कृष्ण प्रणामी चोक स्थित लागु औषध ब्राउन सुगरको खरिद विक्री भैरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले शंकाष्पद रूपमा पैदल हिंडिरहेका पासवानमाथि खनतलासी गर्दा उनको साथबाट उक्त परिमाणको ब्राउन सुगर बरामद गरेको हो।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २५ श्रावण २०८३ १४:३५ सोमबार