अपराध

गुण्डा नाइके गोर्खाली पक्राउ

बैंकिङ ठगीसम्बन्धी मुद्दामा गुण्डा नाइके राजु गोर्खालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

काठमाडौंको चन्द्रगिरी क्षेत्रबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । यसअघि पनि पटक-पटक गुण्डागर्दीको आरोपमा पक्राउ परेका उनीमाथि पछिल्लो समयमा भने बैंकिङ कसुरमा मुद्दा चलिरहेको छ । 

गोर्खाली विगतमा पनि गुण्डागर्दी, आतंक फैलाउने तथा आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा पटक–पटक पक्राउ परे पनि रिहा हुँदै आएका थिए ।  

हाल उनलाई परिसरमै राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीविरूद्ध थप उजुरी पनि परिरहेको छ । 

प्रकाशित: १ भाद्र २०८२ १५:४२ आइतबार