नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका तथा लुकाइराखेका रु १७ लाख ५६ हजार ९९० बराबरका मोबाइल पार्टस् र कपडा बरामद गरेको छ।
वीरगञ्ज महानगरपालिका-१ नैकाटोलाबाट रु ६ लाख ९८ हजार ४५० बराबरका मोबाइल पार्टस् बरामद गरिएको हो। भारतबाट भन्सार छली ल्याइएका उक्त सामान छाडेर दुई जना व्यक्ति फरार भएका थिए।
त्यसैगरी, पकाहामैनपुर गाउँपालिका-५ सबैठवास्थित गोठमा लुकाइराखेको रु १० लाख ५८ हजार ५४० बराबरका कपडा बरामद गरिएको छ।
बरामद सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाशचन्द्र भट्टले जानकारी दिए।
प्रकाशित: ३ आश्विन २०८३ ०७:२४ शनिबार