अपराध

बालिका बलात्कार आरोपित कारागार चलान

कालीकोट रास्कोटकी १३ वर्षीया बालिका बलात्कारका आरोपित बलबहादुर भनिने बले कामीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।  

बलात्कारको आरोपमा फागुन २७ मा पक्राउ परेका कामीलाई कालीकोट जिल्ला अदालतको आदेशमा कारागार चलान गरिएको हो ।  

प्रहरीले अनुसन्धान गरेर जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गरेपछि पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी हिमबहादुर खत्रीले बताए ।

बलात्कारपछि बालिका गर्भवती भएको जाहेरी परेपछि कामीलाई पक्राउ गरिएको उनले बताए।

प्रहरीले जर्बरजस्तीकरणी मुद्दामा अनुसन्धान गरेर रायसहित सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेश गरेको थियो। जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा राख्न प्रहरीलाई अनुमति दिएको हो।

प्रकाशित: २२ चैत्र २०८२ १३:१४ आइतबार