जेन-जी प्रदर्शनका क्रममा तीनकुनेमा प्रहरीमाथि आक्रमण गर्ने र प्रहरीको बर्दी खोल्न लगाउने गौतम घिसिङ नामका व्यक्तिलाई पक्राउ गरिएको छ ।
जेन-जी आन्दोलनका बेला भएका घटनाको अध्ययन गरिरहेको टोलीले आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण गरेको भिडियो फूटेजका आधारमा घिसिङलाई पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी परिसरका अनुसार प्रहरी नियन्त्रणमा रहेका घिसिङमाथि अनुसन्धान जारी छ ।
प्रकाशित: २ कार्तिक २०८२ १५:०९ आइतबार