अपराध

विमानस्थल ओर्लिनेबित्तिकै प्रहरीको फन्दामा परे बैंकिङ कसुरका फरार अभियुक्त

बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

सिमराबाट काठमाडौं आउँदै गरेका सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका-१ सिम्पलकाभ्रेका ४० वर्षीय रामबहादुर थापालाई विमानस्थलको आन्तरिक आगमन कक्षबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

थापाविरुद्ध इलाका प्रहरी कार्यालय नवलपुर, सिन्धुपाल्चोकमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएपछि उनी फरार सूचीमा रहँदै आएका थिए।

विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ परेका थापालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय नवलपुर पठाउने प्रक्रिया अघि बढाएको छ।

यसका लागि उनलाई हाल प्रहरी वृत्त गौशाला, काठमाडौंको जिम्मा लगाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालले जानकारी दिए।

प्रकाशित: २० श्रावण २०८३ २१:१८ बुधबार