अपराध

नागपोखरीबाट चार जना पक्राउ

क्याप्शन

सशस्त्र प्रहरी बलले काठमाडौं महानगरपालिका-१ नागपोखरीबाट लागुऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ।

एपीएफ इन्टेलिजेन्स ब्यूरोबाट खटिएको टोलीले आज २९६ दशमलव ७५ ग्राम खैरो हेरोइन, २२० चक्की ट्रामाडोल र १३० नाइट्रोभेट क्याप्सुलसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

नागपोखरीका ४३ वर्षीय प्रभात तिवारी, बल्खुका भूपेन्द्र श्रेष्ठ, सर्लाहीको मलंगवाका सुजन रायमाझी र ललितपुरको बागडोलका ५१ वर्षीय सविन श्रेष्ठलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए।

प्रकाशित: १८ श्रावण २०८३ २२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App