अपराध

लागु औषधसहित पाँच जना पक्राउ

दुई दिनमा लागु औषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको विभिन्न ठाउँबाट लागु औषधसहित बिहीबार तीन र शुक्रबार दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।  

गुलरिया नगरपालिका–८ स्थितबाट लागु औषध अफिमसहित तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । जिल्ला जाजरकोट बारेकोट गाउँपालिका–४ का ४६ वर्षीय यन बहादुर रावत, ४२ वर्षीय लोकेन्द्र बहादुर रोकाय र जिल्ला रोल्पा गंगादेवी गाउँपालिका–६ का ४८ वर्षीय केशर सिंह केसीलाई प्रहरीले लागु औषधसहित पक्राउ गरेको हो । चेकजाँचको क्रममा झोलाभित्र लुकाई छिपाई राखेको १ किलो ९ सय २६ ग्राम लागु औषध अफिम जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । साथै भे ९ प ६२९६ नंम्बरको मोटरसाइकल, ४ वटा मोबाइल र नगद भारतीय रु ८ हजार ३ सय बरामद भएको प्रहरीले जनाईएको छ ।  

यस्तै शुक्रबार मधुवन नगरपालिका–८ स्थितबाट लागु औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मधुवन नगरपालिका–६ का ३९ वर्षीय मेहदी हसन अन्सारी र वडा नंम्बर ८ का २३ वर्षीय भुपेन्द्र राना क्षेत्री रहेका छन् । शंकास्पद रुपमा रहेका दुवै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ९ ग्राम ५ सय १० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । पाँचै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको डिएसपी रेशम बोहराले जानकारी दिए ।

प्रकाशित: ६ असार २०८३ १९:५१ शनिबार