अपराध

लागुऔषधसहित पाँच जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच जनालाई पक्राउ गरेको छ।

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट खैरो हेरोइनसहित बर्दिया गुलरिया नगरपालिका–१का  २४ वर्षीय निकलेश गोडियालाई शुक्रबार पक्राउ गरिएको हो।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार तनहुँको देवघाट गाउँपालिका–५ सेतीभतेरी टोल बस्ने ३६ वर्षीय रोहित भन्ने कृष्ण तामाङलाई गाँजा, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने विभिन्न औषधिसहित पक्राउ गरिएको छ। निजको घर खानतलासी गर्दा जरायोका सिङ, गैंडाको छालासमेत बरामद भएको छ।

यसैगरी, झापाको हल्दीबारी गाउँपालिका–३ बाङ्गे बजारबाट खैरो हेरोइनतसहित तीन जनालाई पक्राउ गरिएको छ। उनीहरू शुक्रबार पक्राउ परेका हुन्। रासस

प्रकाशित: १२ वैशाख २०८३ ०७:२३ शनिबार