अपराध

विभिन्न स्थानबाट लागुऔषधसहित एघार जना पक्राउ

हिजो शुक्रबार र आज शनिबार देशका विभिन्न स्थानमा गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित ११ जनालाई पक्राउ गरेको छ।  

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं, चितवन, कञ्चनपुर, सिरहा, मकवानपुर, डडेल्धुरा र कैलालीबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो। 

अभियुक्तहरुबाट प्रहरीले चिकित्सकको सिफारिसमा मात्र पाइने विभिन्न किसिमका औषधि र लागुऔषध खैरो हेरोइन पनि बरामद गरेको छ। 

यसैबीच, गस्तीमा रहेको प्रहरीले गोरखा, ताप्लेजुङ र कपिलवस्तुमा तीन जनाको शव फेला पारेको जनाइएको छ ।

प्रकाशित: १६ फाल्गुन २०८२ १६:५१ शनिबार