अपराध

विद्युत् कार्यालयका अधिकृत ५१ हजार घुससहित पक्राउ

सुनसरीबाट विद्युत् प्राधिकरणका अधिकृत ५१ हजार घुससहित पक्राउ परेका छन्।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत् प्राधिकरणका एक अधिकृतलाई ५१ हजार घुससहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा विद्युत् प्राधिकरण इटहरी शाखाका सातौँ तहका अधिकृत कृष्ण यादव रहेका छन्।

विद्युत् जडान गर्न सेवाग्राहीसँग बार्गेनिङ गरेर पैसा लिने क्रममा उनलाई अख्तियारले फूयँल पेट्रोल पम्प नजिकै एक होटेलबाट घुससहित पक्राउ गरेको हो। 

प्रकाशित: १७ भाद्र २०८३ १७:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App