अपराध

मोदीले बालेनलाई शुभकामना दिएको भन्दै ‘डीप फेक’ भिडियो बनाउने पक्राउ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहलाई शुभकामना दिएको भन्दै भ्रम फैलाउने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ का नन्दप्रसाद भट्ट रहेका छन्।

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले उनलाई बुधबार भरतपुर–१० बाट उनलाई नियन्त्रणमा लिएको हो।

भट्टमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन्द्र खनालले जानकारी दिए।

प्रकाशित: २० फाल्गुन २०८२ १४:१९ बुधबार