अपराध

सशस्त्रले चलायो गोली, एक जना पक्राउ

सशस्त्र प्रहरीले बिहीबार बिहान सुनसरी चाँदवेलाबाट हवाई फायर गरी १५३ केजी गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बा १५ च २१७३ नम्बरको स्कारपियो र इनरुवाका २० वर्षे आदित्य चौधरीलाई पक्राउ गरेको हो ।  

सशस्त्र प्रहरीको कोशी प्रदेशस्तरीय मुख्यालय पकली सुनसरीका डीआईजी कुमार न्यौपानेले छ पोकामा प्याक गरिएको गाँजा र एक व्यक्तिलाई हवाई फायर गरी नियन्त्रणामा लिएको बताए । बिहानीपख मोटरसाइकलले स्कर्टिङ् गरेर लैजादै गर्दा पक्राउ गरिएको हो ।  

भित्री बाटो हुँदै भारततर्फ लाने क्रममा पक्राउ गरिएको सशस्त्र प्रहरी सुनसरी जिल्ला एसपी निर्मल थापाले बताए ।  

गाँजा भारत लाने रुट यसअघिसम्म सप्तकोशी नदीको पूर्वीय तटीय क्षेत्र रहेकोमा पछिल्लो समय भित्री मार्ग प्रयोग गरेर भारततर्फ लाने गरेको पाइएको छ ।  

 

प्रकाशित: ११ मंसिर २०८२ १५:४६ बिहीबार