जेन्जी आन्दोलनको क्रममा प्रहरी वृत्त जगाती भक्तपुरमा तोडफोड, आगजनी तथा चोरी गरेको घटनामा संलग्न थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लास्थित सूर्यविनायक नगरपालिका वडा नं. ८ जगातीस्थित जगाती प्रहरी बृत तोडफोड, आगजनी तथा चोरी गरेको घटनामा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा काभ्रेपलान्चोक गोकुलेढाप घर भई हाल जगाती बस्ने वर्ष १८ को अंकित तामाङ रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनीबाट प्रहरीका सामानहरुसहित नियन्त्रणमा लिएको परिसरका डिएपी प्रकाश जबेगूले जनाए ।
उनीबाट प्रहरीको बुट–१ जोर, राइटकन्ट्रोल गियर–१ थान र हाइटेरा हेण्ड सेटको ब्याट्री–१ थान बरामद गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ ।
प्रकाशित: २७ कार्तिक २०८२ १८:४४ बिहीबार