अपराध

बिक्री गर्न नमिल्ने जग्गाको पाँच करोड ४० लाख बैना लिएपछि...

काठमाडौं महानगरपालिका-३ घर भई बस्ने ७० वर्षीय किरण वैद्यलाई ठगी मुद्दामा पक्राउ गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार दिएको जानकारी अनुसार उनीविरुद्ध भक्तपुरको साबिक ताथली गाविस-६ (हाल चाँगुनारायण नगरपालिका-२) स्थित कित्ता नम्बर २७ लगायत ४८ कित्ता जग्गा हकबन्दी कायम भई बिक्री-वितरण गर्न नमिल्ने अवस्थाबारे जानकारी हुँदाहुँदै बिक्री गर्ने भन्दै बैना कागज गराएर बैना बापत पाँच करोड ४० लाख ९६ हजार ९४० रुपैयाँ लिएको आरोप छ।

यस सम्बन्धमा जिल्ला अदालत काठमाडौंको पक्राउ अनुमति पाएपछि वैद्य फरार रहेका थिए। उनलाई काठमाडौं महानगरपालिका-१, नक्सालबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

परिसरका अनुसार वैद्यविरुद्ध थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: २ आश्विन २०८३ ०७:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App